काठमाण्डौ, २० भदौ ।
चन्द्रमामा पाइला टेकेका जीवित अन्तरिक्षयात्री ८७ वर्षीय बज अल्ड्रिन आज नेपाल आउँदै छन् ।द्यगशश(ब्मिचष्लउनले मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँन दिन नेपालमा रहनेछ । मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङ पनि छन् ।
अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्रिर्यामा आफ्ना अनुभव राख्नेछन् ।
सन् १९९६मा अपोलो ११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा नासाको टोली चन्द्रमामा पुगेको थियो ।
टोलीमा ब्रज अल्ड्रिन र माइकल कोलिन पनि थिए । तीन यात्रीमध्ये निल आर्मस्ट्रङको निधन भइसकेको छ भने एल्ड्रिन र माइकल जीवित छन् ।।
