कठमाण्डौ, १९ भदौ ।
सरकारले छुट भएका भुकम्प पीडितको लगत संकलन प्रक्रिया अगाडि बढाएको छ । राहत बापतको पहिलो किस्ता वितरण अन्तिम चरणमा पुगेका समय सरकारले पीडितहरुको नाम रुजु गर्दै छुटेकाको लगत संकलन प्रक्रिया थालेको हो ।maoist-suprimo-prachand-112123

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बिहान सिन्धुपाल्चोकका सांसदहरुसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताउनुभएको छ ।

सांसदहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भुकम्प पीडितको सूचिमा छुट भएका बास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

जुरे सहित बिभिन्न स्थानमा गएको पहिरो र भुकम्प पीडितको समस्या समाधानका लागि सरकार गंभिर रहेको बताउदै उहाँले भुकम्प पीडितलाई तत्काल १ लाख थपेर ३ लाख रुपैया अनुदान दिने र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले अरनीको राजमार्ग मर्मत् र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको समेत वताउनु भयो ।।