सिरहा– इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नै छोरीको हत्या गरि २० बर्ष कैद सुनाए पनि फरार भएका अभियुक्त गोलबजार ६ वस्ने ३२ बर्षीय बिनोद कुमार यादवलाई पक्राउ गरेको छ

pakrauसिरहा जिल्ला अदालत सिरहाको मिति ०७१ फाल्गुन १८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय सुनाएपछि यादब फरार रहेका थिए ।

पक्राउ परेका यादबले तिन बर्ष अगाडि आफ्नै ७ बर्षिया छोरीलाई मदिरा खाएर कुटीकुटी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादबलाई आबश्यक कारवाहीको लागी जिल्ला अदालत सिरहा पठाईएको प्रहरीले जनाएको छ ।