इन्द्रेणी संवाददाता
बैशाख १६, सल्यान । एकै घरका ४ जनाको हत्यामा संलग्न भएको आशंका गरिएका संजय भारतीले हत्या गरेको स्वीकार गरेका छन । मंगलबार राती छायाक्षेत्र ९ ठानागाउमा २३ बर्षीया सिता खाण ठकुरी, उनका छोरीहरु ३ बर्षिया पवित्रा खान ठकुरी र १ बर्षिया सविता खान ठकुरी तथा बहिनी शानपा १० मार्के की १८ बर्षिया गीता गिरीको हत्यामा संलग्न रहेको सोहि ठाउ निवासी संजयले स्वीकार गरेका हुन ।
उनिहरुको गाई बस्तु बाध्ने किलोले टाउकोमा प्रहार गरि मारेको प्रहरी अनुसन्धान बाट खुलेको छ । प्रहरीको अनुसन्धानमा निगरानीमा राखिएका संजय हत्यामा संलग्न हुन या होइनन भनी थप अनुसन्धानका मध्यपश्चिम क्षेत्रिय प्रहरीका कुकुर शाखा कोहलपुरबाट भुन्टी नामको ट्रयाकर डगको समेत सहारा लिइएको थियो ।
ट्रयाकर डगले घटनास्थलबाट अपराधि भागेको बाटो ट्रयाक समेत गरेको थियो । त्यसपछि सोहि ठाउका २० बर्षिय संजय लाई प्रहरीले हिरासतमा राखेको थियो । हिरासतमा रहेका उनले प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा हत्यामा आफु संलग्न रहको बताएका छन । हत्यारा संजयलाई अनुसन्धानका लागि ५ दिन म्याद थप गरि हिरासतमा राखिएको छ ।