दाङ, १६ भदौ ।
विप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले सन्चालन गरिरहेको अभियान जारी रहेको छ । “समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय विद्यार्थी अभियान “अन्तर्गत हिजो मीड वयस्टर्न एकाडमी र शिद्ध पृथ्वी मावि श्रीगाउँमा कमिटी गठन गरेको सो संगठनले आज मावि बालापुर,ज्ञानोदय बोडिङ र जनप्रीय वोर्डिङमा कमिटी गठन गरेको छ ।
मावि बालापुरमा अशोक शर्माको नेतृत्वमा ९५ सदस्यीय, ज्ञानोदय बोडिङमा समीर भण्डारीको नेतृत्वमा ५९ सदस्यीय र जनप्रिय बोडिंङमा मौसम परियारको नेतृत्वमा ६८ सदस्यीय मुल इकाई कमीटी गठन गरिएको सो संगठनका संयोजक मदन केसीले जानकारी दिनुभयो ।
यसअघि अभियान दाङका पश्चिमी क्षेत्रका विद्यायहरुमा केन्द्रित गरिएको थियो । उक्त अभियानमा सैयौं विद्यार्थीहरुलाइ सहभागी गराइएको वताइएको छ ।।
