13458516_1174540845910892_1046271428895503964_o
भुपेन

बिहान उठ्दा कुखुरा खोरमा भेटिएनन् । र बा घरमा ।

केही दिन यता गाउँमा हल्ला चलेको थियो । चोर पसेका छन् । कसको घरमा के चोरियो के हरायो जस्ता खबर प्रायः दिनभर छलफलिन्थे । मान्छेहरु चिन्तित हुँदै कैयन् लख काट्थे– फलानो ढिस्कानाले चो¥यो भनेर । यद्यपि लामो समय बितिसक्दा पनि चोर भने भेटिएनन् ।

यगाउँमा हामी करीब सात घर थियौं । अरु घर भेटाउनका लागि करिब आधा घन्टा हिड्नुपथ्र्यो । यसर्थ चोरका विषयमा हामी सात घरका औंला पल्लो गाउँतर्फ तेर्सिन्थे भने उताका हामीतिर । तर खासमा चोर कताको हो भन्ने थाहा हुन सकेको थिएन ।

मावल जाँदा बाजेले एउटा माउ हातमा थमाउँदै भनेका थिए, ‘ल लैजा यो माउ । चल्ला पा¥यो भने तँलाई स्कुलमा बिस्कुटको व्यापार गर्नुपर्दैन ।’ त्यसले नै उब्जाएको थियो सात वटा चल्ला । खासगरी त्यो समयमा कलिलो उमेरमै बिस्कुट व्यापारी बनेको थिएँ म । ठूला बाका छोरा डिल्ली दाइ हाम्रो गाउँदेखि अलि तल किराना पसल गरी बस्थे । म पढ्ने स्कुल वरपर पसल थिएनन् । यसर्थ ‘पाइनापल’ बिस्कुट दाइको पसलबाट थोकमा ९उधारो० १६ रुप्पेमा किनेर स्कुलमा २० रुप्पेमा बेच्थें । आफ्नो स्कुलमा मात्र हैन । ठूला बाको छोरो लोकमान प्राथमिक कक्षा ९म भन्दा एक कक्षा कम० पढ्न अर्को विद्यालय जान्थ्यो । उसको स्कुल मेरोभन्दा विपरित दिशामा थियो । उसँग पनि बिस्कुट पठाएर व्यापार गर्थें । बच्ने ४ रुप्पेमा २ रुप्पे उसको भागमा पथ्र्यो भने २ रुप्पे मेरोमा । यसरी हाम्रो उमेरका साथीहरुबीच म ‘बिस्कुट व्यापारी’ बनेको थिएँ ।

बाल्यकालमा आम्दानीको स्रोत अर्को पनि थियो । तर मौसमी । नागपञ्चमीले सर्पलाई मात्र दूध खुवाउदैनथ्यो । बाले किनिदिएका कपीका पन्ना च्यातेर त्यसमा नागको फोटोको छाप लगाएर घर–घरमा टाँसी दिएर बिक्री गर्थिम् हामी । यसरी पाँच रुप्पेको लालीगुराँस कापीले लगभग २० रुप्पेजतिको जोडमेल गथ्र्यौं ।

एकाएक कुखुरा हराएपछि इन्तु न चिन्तु भएँ । सात वटा चल्ला भएका थिए । आँखाले तौल नाप्दा करिब १÷१ केजीजति भएका थिए सबै । हुर्कदै गएका कुखुरासँगै मेरा केही सपना पनि हुर्कदै थिए । जस्तो कि–

‘क्याप’ टोपी किन्ने ।

बाले किनिदिएको ‘जाङ्गे’ कम कट्टु बढीलाई थन्काएर ‘हाफ पाइन्ट’ किन्ने ९जो लाउँदा छोटो भयो भनी साथीभाइ खिसिट्युरी गर्थे ।०

त्यतिबेलाको चर्चित २ सय ५० पर्ने गोल्डस्टार जुत्ता किन्ने ।

र त्यो जुत्ता लगाएर नजिकैको खरिबोट बजार जाने ‘ ।

सपनाको सहर थियो खरिबोट मेरो । फिल्ममा धेरै सुनिन्थ्यो सपनाको सहर यस्तो उस्तो भनेर । मेरो सपनाको सहर त्यस्तो भने खास केही थिएन । खरिबोटमा गाउँभन्दा केही नौलो परिवेश पाउँथें । गाउँमा उही ‘प्राचीन’ अनुहार हेरी–हेरी वाक्क भएका आँखाले खरिबोट पुग्दा केही नयाँ अनुहारको अवलोकन गर्न पाउँथे । खरिबोटको हावामा मोटरको गन्ध मिसिएर आउँथ्यो । जो मलाई मन पथ्र्यो । र मेरो ‘फेभरेट’ चाँदनी होटलको जिलेबी । म ओखरकोट पुग्दा प्रायः चाँदनी होटेलको जिलेबी खाने गर्थें । हैन भने गाउँमा सधैं मौसमी खाजा हुन्थ्यो ।

बर्खामा– काँक्रा

हिउँदमा– मकै

र गर्मीमा– उसिनेको आलु ।

त्यसदिन एकाबिहानै कुखुरासँगै सपना पनि हराए जस्तो भयो । आमा पनि बिहानै कता हिडिछन् थाहा भएन । दिदी स्याउला सोहर्न जान्थी । बिहानभरी छट्पटाएर बसें । दिउँसो आमाले पो भनिन् । कुखुरा त बिहानै बाले उठाएर लगे । झनै चिन्ता प¥यो । बाले पक्कै पनि कुखुरा ‘सितन’ बनाए । म बिस्कुट व्यापार गरेर चर्चित भएजस्तै मेरा बा मदिरा आहार गरेर चर्चित थिए ।

झमक्क साँझ परिसक्दा बा बजारबाट फर्के । त्यो समय मलाई बा ‘मागेम्बो खुश हुआ’ डायलग बोल्ने मिस्टर इण्डिया फिल्मका भिलेनजस्ता लाग्थे । निकै कठोर । कमैचोटि बासँग मुन्टो ठाडो गराएर कुरा गरेको थिएँ मैले । त्यो रात मेरो लागि इतिहासको सबैभन्दा कालो रात भयो । किनकि कुखुरापालन मेरो त्यो समयसम्मकै ‘बिग’ बिजनेस थियो । जुनमा बाले भिलेनको भूमिका निर्वाह गरे भन्ने कल्पनाले मस्तिष्कमा सियोको काम गरिरहेथ्यो ।

तर त्यस्तो भएन । बाले भोलिपल्ट बिहानै बोलाएर भने, ‘ल हिड केटा खरिबोट जाउँ ।’

‘किन जानु रु’

बाले बजार लैजान्छु भन्दा अचम्म लाग्यो । किनकि त्यसअघि बासँग म कहिल्यै बजार गइनँ । सधैं आमासँगै जान्थें । नजानुका धेरै कारणमध्ये साँझ फर्किदा बिन्दास मुद्रामा रहेका बालाई धौ गरी घर ल्याउनुपथ्र्यो ।

‘साँझ बोक्दिनँ नि फेरि ।’ बाको ढिपी अगाडि लत्रिएँ ।

‘के कुरा गर्छ ल हिड खुरुखुरु ।’

पछि लागें बाको । पछि लाग्नुको कारण अर्को पनि थियो । बाले कुखुरा बेचेर पैसा बचाएको भए मेरा केही सपना पूरा हुन सक्थे ।

तर बजार पुग्दा सबै सुल्टो पो भयो । बाले सरासर चाँदनी होटेल लग्नुभयो । चाँदनी होटेलको साहुजीले ल अबका साहुका बाउ छोरा आए भन्दै काउन्टर छेउ बस्न आग्रह गरेपछि एकैचोटि इन्द्रले स्वर्गको गद्दीमा बसाए जस्तो पो भयो । बूढाले कुखुरा बेचेका पैसा चाँदनी होटेल किन्न बयाना लगाएछन् । बातिर पुलुक्क हेरें । अस्तिनदेखि न फालेर राखेका जुँगा मुसारेर बा मुसुक्क हाँसे । बाले कुखुरा बेचेर खरिबोट जाने मेरो सपनाबीचमै तुहाए भनेको त खरिबोटको बासिन्दा नै बनाएछन् । चाँदनी होटेलको जिलेबी त आफै बेरेर खाए नि हुने भो । त्यसै दिन लाग्यो ‘मेरा बा इतिहासकै राम्रा ।’

छेउमै गइ जुँगा मुसारिदिन मन थियो । तर गइनँ ।

०००

युद्ध आक्रामक शैलीमा फैलियो । पुलिस चौकी जति त सबै माओवादीले पहिले धपाइसकेका थिए । तर जब सेना परिचालन भयो बसिसक्नु भएन खरिबोटमा । सेनाका आँखा बर्खामासमा आँखा फुटेका गोरुजस्तै थिए । खरिबोट बजारका हामी सबै तिनीहरुको नजरमा माओवादी थिइम् । माओवादी नै नभए पनि तिनका आफन्त थिइम् । त्यति नि नभए माओवादीका पालनकर्ता थिइम् । यसर्थ सेना समय–समयमा आएर बजारका पसलमा भएका चामल र खादमल एउटैमा मिसाएर जान्थ्यो । होटेलको भाँडाकुडा लगेर डम्पिङ साइटमा फाल्थ्यो । मान्छेका औषधि र पशुका औषधि एउटै खाल्डोमा पुथ्र्यो । चाँदनी होटेलका जिलेबी र खाना सडकको हिलोमा फ्याँक्थ्यो । यसो गर्दा सेनाको कुन उद्देश्य पूरा हुन्थ्यो त्यो भने मैले बुझिनँ । आफूलाई चाहिने जति खाद्यान्न तिनै लुटिएका व्यापारीहरुलाई भरिया बनाएर ब्यारेक लैजान्थ्यो । हामी केही भने सेना खरिबोट पस्दैछ भन्ने थाहा पाउँदा पहिल्यै पारिको जंगलमा पुगिसक्थिम् । एक हदसम्म भन्ने हो भने हामी केही छद्म नाममा सेनाको टार्गेट लिस्टमा थियौं । तर त्यो बजारका थिएनौं । यसरी जंगलको जंगल बास हुन थालेपछि बाले एकदिन बोलाएर दाङ भिनाजुकोमा बसेर पढ्न जान दबाब गर्नुभयो । र म मन नलाग्दा–नलाग्दै पनि दाङ झरें ।

दाङको गाउँमा बसाइ निकै खल्लो भयो । दिदी भिनाजुले राम्रै स्याहार गरे पनि बजार बस्न बानी परिसकेको म त्यहाँ निस्सासिन्थें । करिब दुई वर्ष दाङमा एकचोटि पनि सल्यान नगएर पढें । बाआमासँग नि भेट भएन । विश्वास थिएन आफुमा तर एसएलसी पास भएको खबर फोनमा सुन्दा आफैलाई पत्याउन कष्ट भयो  ।

लामो समयपछि बाआमासँग भेट हुँदै थियो । जिन्दगीमा पहिलोचोटि बालाई केही उपहार लगि दिन मन लाग्यो । उहिल्यै बाले चाँदनी होटेल किन्दिएर ठूलो गुन जो लगाएका थिए । भिनाजुले गाडीको टिकट थमाउँदै बाटोमा खाना खर्चका लागि दुई सय दिएका थिएँ । यसो सोचें, बालाई सबैभन्दा खुसी कुन उपहारले देला रु उपहार आफैमा पनि स्थानीय परिवेशमा दुर्लभ वस्तु भएकै राम्रो । हाम्रो सल्यानमा नपाइने र दाङमा मात्र पाइने केही थियो त मदिरा । खाना खर्च कटाएर दुई सयको एक बोतल मदिरा लगेर गएँ ।

घर पुगी बोतल हातमा थमाइदिदा बाले आँसु बगाउँदै भने  । ‘भो तँलाई दाङ पठाउदिनँ । अब यतै बसेर पढ । ’

०००

बजारको एउटा पसलेले भर्खरै तारवाला फोन ल्याएका थिए ।

बजारबासी कसैको फोन आयो भने फोन मालिक कराई कराई खबर पु¥याउँथे । या फेरि सर्लक्क परेका पसलहरुमार्फत् सर्दै–सर्दै फोन आएको खबर ‘रिसिभर’लाई पु¥याइन्थ्यो । रिसिभर दौड्दै गएर फोन उठाउँथ्यो । यस्तैमा एकदिन फोनवाला दिदी कराइन्–

‘ओइ ऽऽऽ भुपे, दाङबाट दिदीको फोन आ’छ । छिटो आउने हो रे ।’

क्यारमबोर्डका गोटीसँग खेलिरहेथें । सकिनै ला’को गेम छोडेर कसरी जानु रु तर फोनवाला साहुजी फेरि पनि कराएपछि गएर फोन उठाएँ । दिदीले ‘हेल्लो’ गरी । तर केही बोलिन ।

बोलाएँ बोलिन । फेरि बोलाएँ बोलिन । जङ चल्यो ।

‘छिटो भन न । किन नबोलेको रु मेरो टाइम बर्बाद नगरा ।’ झर्केर सोधें ।

उताबाट दिदी सुकसुकाइ । बोलिन, तर रुन पो थाली । मन घ्यूझैं पग्लियो ।

‘यता भिनाजु बिरामी पर्नु भा’छ । लगभग १५ दिन भयो । काँपेको काँप्यै गर्नुहुन्छ । खाने लाउने केही ठेगान छैन । तिमीहरुलाई दुःख दिने मन त थिएन । तर अति भयो ‘।

र फोन राखी । फोनसेटमा कलर आइडी थिएन । फर्काउन सकिनँ । मन उकुसमुकुस भयो । हतारिदै गएर बालाई इतिवृतान्त सुनाएँ । धेरै बेरको वार्तालापपछि बाले भने–

‘म यता व्यापारले जान पाउँदिनँ । तेरी आमा पनि बिरामी छे । त्यसको ख्याल पनि राख्नुपर्छ । भोलि तँ आफै जा । र, त्यता भिनाजुको अवस्था के कसो छ सबै बुझेर मलाई खबर गरेस् ।’

मलाई पनि खबर सुनेदेखि नै जान मन ला’को थियो । मन हतारिएको थियो । भिनाजुकै कारण एसएलसी पास गर्न सकेको थिएँ । नत्र सल्यानमा भएको भए ‘बाल’ सहिद भइसक्थें । बालाई हुन्छ भनें । आमाले थाहा पाइन भने झनै बिरामी पर्ने थिइनँ । बाउ छोराले सहमति ग¥यो बिरामी आमालाई चैं केही नभन्ने । भोलिपल्ट बिहानै दाङ झरें ।

भिनाजुको अवस्था सोचेभन्दा निकै नाजुक थियो । उनलाई अचम्मको रोग लागेको थियो । काँपेको काँप्यै गर्ने । गाउँघरका कसैले भनेको पनि नमान्ने । जसलाई हो गाली गर्ने ।

म पुग्नेबित्तिकै भिनाजुले मतिर एकोहोरिएर बोले–

‘बल्ल सत्य बोल्ने मान्छे आइपुग्यो । अरु तिमी सब ढाँट हौ ।’

दिदी दुब्लाएर सिन्को भा’की रै’छ । त्यसको अवस्था देखेर मन छेवैको अँगेनामा खसेजस्तो भयो । दिदी पहिले पनि धेरै बोल्दैनथी । त्यो बेला पनि बोलिनँ । भान्जा भान्जी सानै थिए । त्यसमा पनि भान्जी भर्खर दुई वर्षकी थिइ । दुबै अबोध थिए । पछि थाहा पाएँ भिनाजुले जम्मै कारोबार डुबाएछन् । विश्वास गरेका कति मान्छेले नै उनको ठूलो रकम खाइदिएछन् । भिनाजु बिरामी पर्दै गएपछि उनका भाइ पनि छुट्टिएर अन्तै बस्न थालेछन् । यस्तै–यस्तै धेरै कुराले उनलाई मान्छेहरुप्रति विश्वास टुटेछ । र त्यो अविश्वासले घृणाको रुप लिएछ । एक किसिमको मनोवैज्ञानिक रोगले उनलाई निल्दै गएछ । म गएको केही दिनपछि भिनाजुले खाना खान थाले । काँप्ने र अरुलाई गाली गर्ने बिरामी पनि केही सञ्चो त भयो । तर भिनाजुलाई सञ्चो लाग्दै जान थालेपछि पैसा माग्नुपर्ने हरुले उनलाई उसैगरी सताउन थाले । दिदी र म केही मान्छेलाई त सबै अवस्था बताएर ऋण तिर्ने समय सार्न सक्थिम तर त्यो पूर्ण थिएन । घरको चिन्ताले उनी फेरि पहिलेजस्तै बिरामी पर्न थाले । भिनाजुको अवस्थादेखि दिदी पनि त्यस्तै बिरामी हुँदै गई । भिनाजुकी आमा यसै पनि ८० को उमेर काटिसकेकी थिइन् । भान्जा–भान्जीको अवस्था देखेर गाउँले च्व च्व गर्थे । भिनाजुले कैयन्चोटि भान्जा–भान्जीको अनुहार सुमसुम्याउदै आँसु बगाउन थालेका थिए । केही समयपछि बा पनि दाङ झरे । दिदीको घरको बिग्रदै गएको सबैको अवस्था देखेर कैयन् रात बा निदाएनन् । र केही दिनपछिको राति बाले भने ।

‘अब त र म भोलि नै सल्यान जानुपर्छ ।’

बिरामी भिनाजु दिदी सबै देख्दादेख्दै सल्यान जाउँ भन्ने बाको कुरा सुनेर बूढा पनि मानसिक अवस्था गुमाएछन् कि जस्तो लाग्यो ।

किन जानु नि याँ यत्रो बबाल हुँदाहुँदै रु

‘हेर अब यता बसेर मात्रै केही हुनेवाला छैन । तेरो दिदी मेरो जेठो छोरा हो । तेरो लागि पनि दिदी भिनाजुले सकुञ्जेल गरेका छन् । अब सल्यान गएपछि इष्टमित्रसँग कुरा गरेपछि कसो केही रकम जुटाउन नसकिएला । त्यो भएर जाम् भन्या मैले ।’

बाको कुरा सुनेर सहमत भए । भिनाजु फेरि बोल्न छाडेका थिए । दिदीलाई केही आर्थिक जुगाड लगाएर छिट्टै आउने बाचा गरी बिदा भयौं ।

तर सल्यानमा आर्थिक जुगाड केही लागेन । यसै पनि आमाको उपचार गर्दा–गर्दा बाले ऋण पाउने ठाउँ सकिएका थिए । लामो प्रयासले पनि केही हात लागेन । दुई÷चार हजारको गन्तीले त्यहाँ केही हुनेवाला थिएन । बाको चिन्ता दिनानुदिन उनको निधारमा पसिना बनी बग्न थाल्यो । यसै क्रममा बाले एकदिन टन्न मदिरा खाएर निर्णय सुनाए–

‘अब जग्गा बेच्छु ।’

हाम्रो जमिन गाउँमा पायक पर्ने लायक भएकाले ठूलाबाहरु पहिले नै आँखा गाडिबसेका थिए । त्यसमा पनि गाउँमा पनि बजार बन्न लागेको थियो र हाम्रो जमिन नै अरुको जमिनको निकास थियो । हामीले बेच्ने खबर पठाएपछि ठूलाबाहरु भोलिपल्ट नै बजार आए । सबै जमिनको मोलतोल भो । निकै कम मूल्यमा । तर बा त्यही मूल्यमा पनि दिन तयार भए । जग्गाको सम्झौता हुने दिन बाले मलाई पनि सँगै राख्नुभएको थियो । यसअघि मैले घरको हरहिसाबमा कहिल्यै चासो देखाइनँ । उसो त मलाई त्यो जमिन बेच्ने कुरामा पनि त्यति सरोकार थिएन ।

जमानी कागजमा छाप लाउनुपर्ने भो । दाइ ९ठूलाबा का छोरा०ले जमानी कागजको एकातर्फ सहीछाप ठोके । पालो बाको आयो । बालाई सिग्नेचर गर्न आउँदैन भन्ने थाहा थियो मलाई । त्यसैले भान्साकोठामा तावा ल्याउन गएँ, औंठाछाप लगाउने भनेर । तर फर्कदा बाले अघि दाइले समातेको कलम पो बल गरी समाएको देखें । कपुरी– क पनि नपढेका बूढालाई एकाएक कलम समातेको देख्दा खुट्टा र दिमाग अन द स्पट जाम भए । बाले पुलुक्क मतिर हेरेर कलम जमानी कागजतर्फ सारे । पेन्टरले पेन्टिङ गर्दा यताउता मर्किएजस्तै गरी करिब डेढ मिनेट लाएर जमानी कागजमा मात्रा नमिले पनि आफ्नो नाम लेखेरै छाडे । बाको सिग्नेचर चित्रकारले कोरेको अब्स्ट्रयाक्ट पेन्टिङजस्तो थियो । बाले पनि लेख्न सकेको देख्दा मन थामिएन । तावा लगेर भान्साकोठामै फर्की आँसु बगाएँ एकछिन ।

०००

फर्किदा बा निधारमा हात लगाएर घोप्टो परेका थिए । जमिन किनेका आफन्ती उहाँ घोप्टो परेको मौका छोपी एकअर्कालाई हेर्दै मुस्कुराइरहेका थिए । बाले त्यसरी सिग्नेचर गर्न कता गई सिके थाहा छैन । सिके पनि त्यसै दिन किन सिग्नेचर गरे सोध्न पाएको छैन । तर त्यसै दिन एउटा निर्णय मस्तिष्कमा सल्बलाएर आयो ।

‘यो जग्गा फिर्ता नगराउञ्जेल गाउँ फर्किन्न ।’