ओमप्रकाश गुप्ता
सिसहनियाँ १६ भदौ ।
सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम आज गाविस कार्यालयमा सम्पन्न भएको छ । भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भवन निमार्ण, बाउन्डी निमार्ण, च्यानल गेट, प्रतिक्षालय र आगन ढलाईमा कुल २२ लाख २९ हजार ८ सय ११ रुपैयाँ खर्च भएको प्रतिवेदन मार्फत जानकारी दिनु भएको छ ।
समितिका अध्यक्ष ओमनाथ बञ्जाडेको अध्यक्षता एवम् गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनितिक दल, वडा नागरिक मञ्च, संघ सस्था र स्थानीयहरुको सहभागीता रहेको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।
६ कोठे गाविस भवन निमार्ण भए पछि सेवा ग्राही र कर्मचारीहरुलाई काम गर्न सहज भएको छ । यस अघि गाविसको काम एउटै कोठाबाट हुदा कर्मचारी र सेवाग्राहीहरुले सास्ती खेप्नु परेको थियो ।।





