इजराइलको एक कम्पनी सिरिन ल्याब्सले संसारको सबैभन्दा महंगो स्मार्टफोन ‘सोलरिन’ लञ्च गरेको छ । यो एन्ड्रोइड फोनको मूल्य १४ हजार डलर (१५ लाख रुपैयाँभन्दा बढि) रहेको ।
rk-2
कम्पनीको दाबी अनुसार यो फाने संसारको सबैभन्दा सुरक्षित फोन हो । यो फोनमार्फत गरिएको सबै कम्युनिकेसन २५६ बिट चिप–टु–चिप एन्क्रिप्टेड अर्था सिक्योर क्रिप्टोप्रोसेसिंगले यसलाई संसारभरीको सुरक्षित फोन बनाएको हो ।

एन्ड्रोइड ५.१ ललिपप बेस्ट कस्टम ओएसमा चल्ने यो स्मार्टफोनमा क्वाल्कम स्न्यापडङ्यागन ८१० प्रोसेसर राखिएको छ र यसको रियर क्यामरा २३.८ मेगापिक्सेल रहेको छ भने फ्रन्ट कयामरा ८ मेगापिक्सेलको रहेको छ । यसका साथै यसमा ५.५ इन्चको द्दप् रिजोलुसन भएको गोरिल्ला ग्लास–४ ले सुरक्षा दिएको आइपीएस स्क्रिन दिइएको छ ।

यसको ब्याट्रि द्ध,ण्ण्ण्mब्ज को छ भने यसमा द्धन्द्य र्याम र को ज्ञद्दडन्द्य इन्टरनल मेमोरी दिइएको छ । एउटा मात्र सिम राख्न सकिने यो फोनमा तीनवटा निकै शक्तिशाली स्पिकर राखिएको छ । यसको पावर बटनमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ ।

यो निकै महंगो भएका कारण यसलाई स्मार्टफोनको ‘रोल्स रोइस’ भनिन्छ ।

यसको पछाडिको प्यानलमा फिजिकल सेक्युरिटी स्विच बटन राखिएको छ । यसलाई क्लिक गर्ने बित्तिकै सुपर साइबर सिक्योर मोड इनेबल हुनेछ ।

यो मोड विशेषगरी एन्क्रिप्टेड कलिंग र मेसेजिङको लागि बनाइएको छ । अर्थात यो मोडलाई इनेबल गरेपछि प्रयोगकर्ताले दोस्रो काम गर्न सक्दैनन् ।

सोलारिन पक्कैपनि मोटो स्मार्टफोन होइन । यसको तौल २५० ग्राम रहेको छ ।
रातो पाटी बाट