घोराही । स्वास्थ्यमा प्रतिकुल असर पर्ने तीजमा ब्रत नबस्न स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् । तिजको दिनमा निराहर व्रत बस्दा अघिल्लो दिन अपाच्य हुने गरी खाना खाने र अर्को दिन दिनभर नखाएर ब्रत बस्ने प्रचलन महिलाहरुको स्वास्थ्यमा नकरात्मक असर गर्ने नेपाल परिवार नियोजन संघ दाङका बरिष्ठ मेडिकल अधिकृत डा.अरवीन्द भुषालले बताए ।
उनले बजारमा पाईने रङ हालेका मिठाईहरु नखान ब्रत बस्ने महिलाहरुलाई सुझाब पनि दिएका छन् । त्यस्तै भर्खरै विरामी भएर निको भएका , सुगर , प्रेसर भएका बिरामीहरुलाई ब्रत नवस्न डा. भुषालले सुभाव दिएका छन् । परम्परा अनुसार ब्रत बस्ने नै हो भने पानी , फलफुलका जुसहरु खादा स्वास्थ्यलाई त्यति असर नगर्ने उनले बताए । उनले भने ‘दर खाने दिन वेस्सरी खाना खाने अनी भोली पल्ट दिनभर निराहर ब्रत वस्ने, नाँच गाँन गर्दा स्वास्थ्य कम्जोर हुन्छ’ ।
यु एन एफ पिएका अरुण सिंहले महिलाहरुको स्वास्थ्यमा निराहर ब्रत वस्दा प्रत्यक्ष असर पर्ने भएकोले आफनो स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका थिए । तीजको नाममा नकारात्मक असर गर्ने भएकाले बिशेष ध्यान दिएर मात्रै ब्रत बस्न उनले सुझाब दिए ।
नेपाल परिवार नियोजन संघ दाङकी अध्यक्ष निर्मला रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग सिविरकी अञ्चल महिला प्रभारी शारदा पोख्रेलले तीजलगायतले पर्बले पारिवारीक सम्वन्धलाई सुदृढ बनाउने भन्दै सहि तरिकाले मनाउन आग्रह गरिन् ।
तीजमा बर्ष दिन पछि दिदी बहिनीहरु माईतीमा जमघट हुने र सुख , दुःख बाँड्ने पर्बका रुपमा लिईन भन्दै यस पर्बलाई भडकिलो नबनाउन उनले आग्रह गरेकी थिईन् । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका परिवार नियोजन अधिकृत किशोर पोख्रेल, घोराही नगरपालिकाका वातावरण शाखा अधिकृत शुवोध रेग्मी, नेपाल महिला संघकी अध्यक्ष गोमा रावत,निवर्तमान अध्यक्ष गिता शाह, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लक्ष्मी आचार्य, महिला अधिकारकर्मिहरु हुमा डिसी, कृष्णा राणालगाएतले शुभकामना मन्तव्य राखेका थिए । सदस्य माया पोख्रेलको स्वागत मन्तवयवाट शुरु भएको कार्यक्रमको सहजीकरण तुलसी राणाले गरेका थिए ।
