काठमाण्डौ, १५ भदौ ।
वाढीपहिरो, डुबानजस्ता प्रकृति प्रकोपका घटनामा परेर साउनको पहिलो सातादेखि हालसम्म १ सय ३१ को मृत्यु भएको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकमा यस्तो जानकारी गराइएको हो ।उपप्रधानमन्त्री विमलेन्द्र निधिले सो अवधिमा देशका विभिन्न भागमा भएका ती प्राकृतिक प्रकोपका घटनामा परेर २४ जना बेपत्ता हुनाका साथै ६६ जना घाइते भएको विवरण प्रस्तुत गर्नुभयो ।badhi-3गृहमन्त्री निधिका अनुसार बाढीपहिराबाट ९ सय ५२ घर पूर्ण तथा ६ सय ६ घरमा आंशिक क्षति भएको छ ।विपद्का घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय सुरक्षा निकाय तत्काल परिचालन गरी स्थानीय जनताको समेत सहभागितामा उद्धार र राहतको कार्यक्रम सञ्चालन गरिएको तथा प्रकोप पीडितप्रति मृतकका परिवारलाई एक लाख राहत प्रदान गरिएको गृहमन्त्रीले जानकारी दिनुभयो ।

सरकारले घर पूर्ण क्षति भएका परिवारलाई रु १० हजार तथा स्थानीय निकाय र जिविसमार्फत पनि निश्चित रकम प्रदान गरेको बताइएको छ । स्थानीय रेडक्रस सोसाइटीबाट पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा र भाडाकुँडाको व्यवस्थाका साथै घाइतेलाई उपचार खर्च र अस्पतालबाट घर फर्कँदा यातायात खर्च बापत रु एक हजार रकम उपलब्ध गराइएको छ ।।