ओमप्रकाश गुप्ता
सिसहनियाँ १४ भदौ ।
देउखुरीको लालमटिया ८ मसुरियामा भोली बुधवार हुने खुल्ला तीज गित प्रतियोगिता को सम्पुर्ण तयारी पुरा भएको छ ।teejइक्वल एक्सेस नेपालद्धारा गठित विहानी रेडियो स्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो स्रोता समुह कालापानी, जनहित रेडियो स्रोता समुह मौरीघाट, शान्ति रेडियो स्रोता समुह बसन्तापुर, करम्दी रेडियो स्रोता समुह बराखुट्टी, स्टार रेडियो स्रोता समुह मसुरिया र खुरुरीया रेडियो स्रोता समुहको सयुक्त आयोजनामा हुन लागेको लैङगिक हिंसा न्युनीकरण विषयक खुल्ला तीज गित प्रतियोगिता को तयारी स्वरुप मञ्च व्यवस्थापन, पत्रचार, स्वागतको तयारी पुरा भएको हो ।

भोली विहान ११ बजे देखि घण्टदेव सामुदायिक वनमा हुने कार्यक्रममा मोडेल कलाकारहरु भरत वली, शोना क्षेत्री, हेमन्त पाण्डे र गायक सुनिल पुन मगरको पनि विषेश प्रस्तुती रहने कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । साथै कार्यक्रम संयोजक गुप्ताले कार्यक्रममा सम्पुर्ण देउखुरीबासी लाई उपस्थितिका लागि अनुरोध समेत गर्नु भउको छ ।।