तुलसीपुर १४  भदौ । क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान अन्तर्गत आज दोश्रो हप्ताको सरसफाई सम्पन्न भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको आयोजना तथा तुलसीपुरका बिभिन्न संघसंस्थाहरुको सहकार्यमा शुरु भएको अभियान अन्तरगत आज नगरजेसिजको अगुवाईमा खानेपानी चौक देखि वाहीनी चौक सम्म र घोराही चौक देखि रौनियार चौक सम्म सरसफाई गरी गरिएको छ ।

tulsipurअब देखी प्रत्यक हप्ताको मंगलबार हुने सरसफाई कार्यक्रम अन्तरगत आउदो मंगलवार (ख) लाईन र (घ) लाईन वाहिनी चौक सम्म सरसफाई कार्यक्रम गरिने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनुभयो ।