ओखलढुंगा, १४ भदौ ।
ओखलढुगांको सिंहदेवीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । सोमबार राति दारीमबोट–४ का ३५ वर्षका कृष्णबहादुर चर्मकारको करेन्ट लागेर ज्यान गएको हो ।  Dead body in a mortuary

बारीबाट मकैको भारी बोकेर घर तर्फ जाँदै गर्दा बाटोमा चुँडिएको बिजुलीको नाङ्गो तारमा टेक्दा चर्मकारलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका चर्मकारको घरमै प्राथमिक उपचारको क्रममा ज्यानगएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।।