iswor pokhrelकाठमाण्डु, १४ भदौ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालिएको बताएका छन् ।

एमाले स्कुल विभागले आयोजना गरेको एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पोखरेलले ओली नेतृत्वको सरकार सुगौली सन्धियता गुम्दै आएको राष्ट्रिय स्वाभिमानलाई उचाईमा पुर्याउने गरी ‘ब्रेक’ गर्न खोज्दा ढलेको दाबी गरे ।

उनले भने, ‘परनिर्भरता अन्त्य गरेर मुलुकलाई आत्मनिर्भर तर्फ अघि बढाउन खोज्दा सरकार बनेदेखि नै शृंखलाबद्ध पासो थापियो । ती सबै पासो असफल भए पनि अन्तिमको पासो चुँडाल्न नसक्दा नयाँ गठबन्धन बन्यो ।’