दीपबहादुर घर्ती
जाजरकोट, १३ भदौ ।
मह र मौरी दुवै उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको जाजरकोटलाई विभाजन गरेर दुई फरक पकेट क्षेत्रमा विकास गर्नु पर्ने मौरी पालक किसानहरुले वताएका छन् । मह र मौरी उत्पादनवाट हुने आम्दानीलाई हिसाव गरेर किसानहरुले यस्तो वताएका हुन् । खलंगा गाउँ विकास समितिको मैदे, डाडाँगाउँ गाउँ विकास समितिको पाली र कल्पत, लहँ गाविसको घ्वारा, ग्रिरेनी र खगेनकोट गाउँ विकास समितिको कायमैदेलाई मह उत्पादन क्षेत्रका रुपमा लिन सकिने नेपाल मौरी पालक महासंघ जाजरकोटका अध्यक्ष पूर्णबहादुर खत्रीले वताए ।mauriजिल्लाका अन्य सवै भागहरुलाई मौरी उत्पादन क्षेत्रका रुपमा लिन सकिने अध्यक्ष खत्रीको भनााई रहेको छ ।मह उत्पादन क्षेत्रका रुपमा रहेको मैदे, पाली, कल्पत लगाएतका ठाउँहरुमा कार्तिक र मंसिर महिनामा मात्र प्रति मौरीवाट ४७ देखि ५५ केजी सम्म मह उत्पादन गर्न सकिन पालीका मौरी पालक किसान गणेश पुनले वताए । पर केजी ४ सय रुपैया मुल्य पर्ने महवाट प्रति मौरीवाट १८ हजार देखी २२ हजार सम्मको आम्दानी गर्न सकिने पुनको भनाई छ ।

उक्त ठाउँहरु मौरीले मह उत्पादनका लागि उपयुक्त चरण क्षेत्र रहेको, सुहाउदो हावा, पानी र तापक्रम भएको, मौरी आहारका लागि प्रसस्त चिउरी पाईने समुन्द्री सतह देखि ९ सय देखी १२ सय मिटरको उचाईमा रहेका छन् ।

त्यसैगरी जिल्लाका अन्य भु–भागहरुमा रहेको मौरीले ५ किलो भन्दा वढी मह उत्पादन गर्न सक्ने भएको हुदा मह उत्पादनमा जोड दिदा किसानहरु नाफामा जान नसक्ने मौरी पालक महासंघका अध्यक्ष खत्रीको भनाई रहेको छ । त्यस क्षेत्रका किसानहरुले मौरी उत्पादनमा जोड दिन सकेमा एक सिजनमा प्रति मौरीवाट तीन वटा गोला उत्पादन गर्न सकिने अध्यक्ष खत्रीको भनाई रहेको छ ।

मौरीको प्रति गोला ३ हजार रुपैया मुल्य पर्ने भएको हुदा मौरी उत्पादन गर्दा एक सिजनमा प्रति मौरीवाट ९ हजार रुपैया आम्दानी गर्न सकिने उनको भनाई छ । ५ केजी महवाट २ हजार मात्र आम्दानी हुने भएको हुदा किसानहरुले मौरी उत्पादनमा पनि त्यतिकै जोड दिनु पर्ने अध्यक्ष खत्रीको भनाई रहेको छ । जिल्लाका विभिन्न भागमा पाईने मौरीले समुन्द्री सतह देखि २२ सय मिटरको उचाई सम्ममा बास स्थान वनाएको देखिएको छ ।