मोरङकी विमाया तामाङले ७० वर्षको उमेरमा नागरिकता पाएकी छिन् । मोरङ केराबारी–५ का ५३ वर्षीय ज्ञानबहादुर पाण्डेसँग दुई वर्षअघि विवाह गरे पनि नागरिकता जिल्ला प्रशासन कार्यालय मोरङबाट हिजो प्राप्त गरे । जिल्ला प्रशासन कार्यालय मोरङले २००२ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठको भनाइ छ ।
श्रीमान् ज्ञानबहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिएको हो । विमाया पाण्डेकी तेस्रो श्रीमती हुन् । पहिलो श्रीमानको मृत्यु भएको र छोराछोरीले नहेरेपछि विमायाले पाण्डेसँग विवाह गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएपछि विमायाले खुसी हुँदै भनिन्, “बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकामा गर्व लागेको छ ।”
रातो पाटीमा खबर छ