दाङ- दाङमा तत्कालिन विद्रोही माओवादी तथा सरकारद्धार पीडितहरुले संयुक्त रुपमा तिज मिलन कार्यक्रम मनाएकाछन । मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल दाङको आयोजनामा संक्रमणकालमा सामाजिक सद्भाब कायम गरि दिगो शान्तीका लागि कार्यक्रम गरेको हरप्लेस दाङका संयोजक बिनोद केसीले बताए ।

चाहे सरकारद्धारा हत्या, वेपत्ता, यातना लगाएतका दुख दिएका हुन चाहे माओवादीले सवै द्धन्द्ध पीडितको पीडा एउटे हो भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको उनीहरुले बताएका छन् । तत्कालिन बिद्रोही माओवादीका सर्वोच्च कमाण्डर अहिले देशका प्रधानमन्त्री छन् भने तत्कालिन सरकारमा रहेको काङग्रेस पनि सरकारमै छ हामी मात्र किन सरकार र माओवादी पीडित भनेर बिभाजित हुने उनीहरुले कार्यक्रममा भने ‘सबै द्धन्द्ध पीडित एक भएर हाम्रा पीडा बाँड्दै अधिकारका लागि लड्छौं ।











