१० भदौ, चितवन ।
चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा भएको वस दुर्घटनामा मुत्यु हनेको संख्या २१ पुगेको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ–६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको हो ।
एक जनाको उपचारको क्रममा र २० जनाको घटनास्थलमै मृत्यु भएको हो । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताउनुभयो । मृत्यु हुनेमा २ जना महिला छन् ।
दुर्घटनामा परी १६ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान साढे ३ बजे भएको वताइएएको छ । वस चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।।