घोराही, १० भदौ
जिल्ला शिक्षा कार्यालय दाङले  समयमा भौ तिक पूर्वाधार को  काम सम्पन्न नगर्ने  तथा समयमा विद्यार्थी विवरण नबुझाउने  एक सय ३७ सामुदायिक विद्यालयको  बैंक खाता रोक्का गरेको  छ । दुई सय बढी सामुदायिक विद्यालयले  २०७३ असार मा काम सम्पन्न गरिसक्ने  गरी विद्यालयको  पूर्वाधार  विकासका लागि २०७२ मंसिर मा सम्झौता  गरेका थिए ।jilla shiksha karyalaya dang

तर सम्झौ ता लगत्तै  आधा र कम पे श्की लगे र  पनि काम सम्पन्न नगर्ने  एक सय नौ  विद्यालयलाई काम सम्पन्न नगर्दासम्मका लागि बैंक खाता रो क्का गरि एको  शिक्षा कार्यालयका भौ तिक पूर्वाधार  शाखाका इञ्जिनियर  बसन्तकुमार  चन्दले जानकारी दिनुभयो ।

कार्यालयले  खाता रो क्का गर्नुपूर्व असार  मसान्तसम्म भौ तिक निर्माणको  काम सम्पन्न गर्न अन्तिम ताकेता गर्दा समेत काम सम्पन्न नगर्ने  विद्यालयहरुलाई काम सम्पन्न गर्न दबाब दिन खाता रो क्का गर्नुपरेको  शिक्षा कार्यालयले  जनाएको  छ ।

काम सम्पन्न गर्न नसकेका विद्यालयले  बजारमा निर्माण सामग्रीको  अभाव तथा पे ट्रो लियम पदार्थको  अभावका कार ण काममा ढिलाइ भएको  भन्दै  जति सक्दो  चाँडो  निर्माणको  काम सम्पन्न गर्ने  गरी काम भइरहेको  बताएका छन् ।