काठमाडौँ, ९ भदौ । नयाँ शक्ति नेपालले राजनीतिक दलको मान्यता पाएको छ । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलको मान्यता दिएको हो ।
दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।











