lakhबसन्त परियार /बेल्टाकुरा ९ भदौ ।  तुलसीपुर नगरपालिका वडा नम्बर–२० बेलटाकुरामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा दुइ दिनसम्म मेला लाग्ने भएको छ । जन्माष्टमीको अवसरमा बेलटाकुरमा झन्डै ७० वर्ष भन्दा बढी समयदेखि मेला लाग्दै आएको छ । यहा“को लाखे नाचको ख्याती जिल्लामा निकै चर्चित छ । बिहीबार र बुधबार गरी दुइ दिनसम्म मेला लाग्ने भएकाले आयोजकहरुले उपस्थितिका लागि आमनागरिकमा आग्रह गरेका छन् ।

मेलालाई मध्य नजर गरी मेला लाग्ने स्थान वरपर मंगलबार ससरसफाई गरिएको थियो । मेला अवधिभर आसपासका स्थानमा मदिरा बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । आयोजकले मेलामा मदिरा सेवन गरी होहल्ला गर्न खोज्ने र मेलाको वातावरण खल्बल्याउन खोज्नेलाई कारवाही गरिने जानकारी दिएको छ । मेलामा सुरक्षाको लागि प्रहरीसमेतको उपस्थिति रहने आयोजकले जनाएको छ । मदिरा सेवनबाट  झै–झगडा बढ्ने र मेलाको वातावरण खलवलिने कुरालाई मध्यनजर गरी मेलास्थल वरपर मदिरा जन्यबस्तु बिक्री वितरणमा पूर्णतया रोक लगाइएको स्थानीय उमेश चन्दले जानकारी दिए ।

यो वर्षको लाखे जात्रामा लाखे नाचसंगै लोपउन्मुख र मौलिक गीत संगीत पनि प्रदर्शन गरिने चन्दले बताए । बेल्टाकुरामा लामो समयदेखि लाखे जात्रा हु“दै आएको छ । यसपालि क्वाङखोलामा पक्कीपुल मर्मत कार्य पुरा भएकोले गर्दा पनि उल्लेखनिय मात्रामा दर्शकहरुको उपस्थिति हुन  आयोजकहरुले अपेक्षा गरेका छन् ।

श्रीकृष्णका विविध लिलामध्ये लाखे जात्रापनि एउटा महत्वपूर्ण पर्व र उत्सवका रुपमा मनाउ“दै आइएको छ । त्यसैले जन्माष्टमीको दिन लाखे निकाल्ने र दोस्रो दिनमा राति लाखेलाई सांस्कृतिक रुपमा मार्नै वा समापन गर्ने प्रचलन रहि आएको छ । कृष्ण जन्माष्टमीका दिनमा बेल्टाकुरामा देखाईने लाखे नाच यो क्षेत्र मध्ये कै बढी प्रख्यात नाचका रुपमा लिने गरिन्छ । आफ्ना बाबु बाजेहरुले नाच्दै आएको मौलिक कला र संस्कृतिको जगेर्नाका लागि यूवाहरु अग्रसर बनेकोले लोपउन्मुख पौरानिक लाखेनाच बच्दै आएको जानकारहरु बताउ“छन् ।

यसैबीच मेलाको सम्पूर्ण गरिएको मेला आयोजक समितिका अध्यक्ष कैलाश चन्दले जानकारी दिएका छन् । मेलामा देखाईने नाचहरु र अरु ब्यबस्थापन पक्षको बारेमा आवस्यक तयारी पुरा भइसकेको उनले बताए ।

घोराहीमा सांस्कृतिक कार्यक्रम
रुकुमेली एकता समाजको आयोजनामा कृष्णा जन्माष्टमीको अवसरमा आज बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । केन्द्रीय र स्थानीय कलाकारहरुको सहभागिता रहने कार्यक्रम घोराहीको बालमन्दिरमा बिहीबार दिउ“सो १२ बजेदेखि आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा कलाकारहरु लोकदोहोरी गायिकाहरु भूमिका गिरी, सुशीला गौतम, चर्चित नृत्यांगना रिनाथापा मगर, सरिता रावत, गायकहरु प्रदीप रोका, प्रेमविवश घर्तीलगायतका कलाकारहरुले गीतनृत्य प्रस्तुत गर्ने समाजका अध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिए । यसका साथै स्थानीय कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक देबकला बस्नेतले जानकारी दिइन ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र प्रवेश निःशुल्क भएको आयोजकको भनाई छ । तीज नजिकिएकाले कार्यक्रममा सहभागी अधिकांश कलाकारहरुले आफूले बजारमा ल्याएका तीजगीतहरु पनि दर्शकहरुका लागि प्रस्तुत गर्ने जनाइएको छ ।