दाङ, ८ भदौ ।
दाङमा प्रहरीले अवैध वच्चा जन्माएर हत्या गरेको अभियोगमा आज एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङ विजौरी ३ मनिकापुर बस्ने २० बर्षिया पार्वती बिक रहेको प्रहरीले वताएको छ ।arest
विकले घरमै बच्चा जन्माएर हत्या गरि लुकाएको अबस्थामा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा गएको प्रहरीको टोलीले अनुसन्धान गर्दा पार्वतीले अबैध गर्भधारण गरि जन्माएको बच्चालाई हत्या गरेर लुकाएको अबस्थामा फेला पारेको जनाएको छ ।

वच्चाको जन्मपश्चात मुख च्यातेर हत्या गरी कपडामा बेरेर घरमै लुकाएर राखेको अबस्थामा शिशुको शब फेला परेको प्रहरीले जनाएको छ । वच्चा जन्माएकी पार्वतीलार्य अत्यधिक रक्तस्राव भएपछि प्रहरीको निगरानीमा राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।।