दाङ, १३ बैशाख
साना तथा मझौला कृषि आयस्तर बृद्घि आयोजना नेपालगञ्जको आयोजना तथा नेपाल मौरी पालक महासंघ दाङको समन्वयमा आईतबार घोराहीमा मौरी पालक कृषक, व्यबसायी तथा सरोकारवाला बिच नमुना मुल्य सृंखला समन्धी समिक्षा तथा अन्तक्र्रिया कार्यक्रम भएको छ ।
मुल्य सृखला छलफल तथा समिक्षा कार्यक्रममा एशियाली बिकास बैकको सहयोगमा आयोजना मार्फत दाङमा बिगत २ बर्षमा मौरी व्यबसायका बिभिन्न तहमा गरिएको सहयोग र त्यसबाट भएको उपलव्धी तथा कठिनाईका बारे कृषक, आयोजना सञ्चालक तथा एशियाली बिकास बैकका कन्ट्री डाईरेक्टर समेतका बिच छलफल भएको हो ।
दाङमा मौरी पालन क्षेत्रमा भएको प्रगति तथा मौरीको सोकेसीङ चेन बारे मौरी पालक महासंघ दाङको तर्फबाट रामहरी शर्माले प्रस्तुती राख्नुभएको थियो । प्रस्तुतीमा एशियाली बिकास बैकका प्रतिनिधी, राष्ट्रबैकका प्रतिनिधी मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि बिकास कार्यालय, आयोजना लगायत अन्य मौरी पालक कृषक तथा व्यबसायीहरुले छलफल गरेका थिए ।
आयोजना प्रमुख गोकर्ण राज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवालीले आयोजना लागु भएपछि दाङमा मौरी पालनको क्षेत्रमाम उल्लेख्य प्रगति भएको, उत्पादनमा गतबर्षको तुलनामा ४४ प्रतिशतले बृद्घि भएपनि बजारको समस्या नभएको तथा कृषकहरु उत्पाही हुदै गएको बताउनुभयो ।।
