madhesi morchaकाठमाडौँ, ६ भदौ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।

मोर्चाको आज बसेको सचिवालय बैठकले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेकाको अभिलेख तयार गर्ने निर्णय गरेको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते तथा कार्यकर्तामाथि चलाइएका झुठा मुद्दा र क्षतिको समेत अभिलेख तयार गरी शीर्ष नेतालाई यही भदौ ८ गतेसम्म बुझाउने निर्णय गरेको मोर्चाका नेता एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।