इन्द्रेणी संवाददाता
घोराही,१२ बैशाख । दाङको लक्ष्मीपुर–६ मा दुई हजार मेट्रिक टन कृषि सामग्री राख्न मिल्ने क्षमता भएको कषि उपज शित भण्डार गृह निर्माण हुने भएको छ । साना तथा मझौला आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा बिजी एग्रिकल्चर प्रालि दाङले शित भण्डारको निर्माण गर्ने भएको हो ।

ice1-g

दाङसहित राप्तीका किसानहरुले उत्पादन गरेका कृषि उत्पादनका सामाग्रीहरुसँगै र फलफूललाई भण्डारण गर्ने उद्देश्यले करिव आठ करोड ४४ लाख रुपैयाँको लगानीमा शितभण्डार गृहको निर्माण हुन लागेको प्रथम सार्वजनिक कार्यक्रममा प्रालि सञ्चालक समितिका अध्यक्ष हेमराज बञ्जाडेले जानकारी दिनुभएको थियो । जसमा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको करिव २ करोड ८७ लाख रुपैयाँ र बाकी छ करोड बढि प्रालीको लगानीमा जिल्लामै पहिलो पटक शित भण्डार गृहको निर्माण हुन थालेको जानकारी दिइएको थियो । मौसमी कृषि उपजहरुलाई भण्डारण गरी बेमौसमी सिजनमा बिक्री गर्न सकिने भएपछि व्यवसायीक रुपमा लागेका किसानहरुलाई सहयोग पुग्ने बञ्जाडेले बताउनुभएको थियो । जिल्लामा आवश्यकतालाई महशुस गरेर किसान र उपभोक्ताहरुको लागि रिजमले शित भण्डारमा सहयोग गरेको साना तथा मझौला आयस्तर वृद्धि आयोजनाका अनुगमण तथा मुल्याङकन अधिकृत देवराज भुषालले बताउनुभएको थियो ।

कार्यक्रममा जिल्लामा शित भण्डार नहुदा किसानहरुलाई व्यवसायीक बन्न अप्ठेरो परिरहेको अवस्थामा शित भण्डारले सहयोग पु¥याउने जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवालीले बताउनुभएको थियो । प्रालीका अध्यक्ष हेमराज बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य सघका सदस्य श्रीधर पोख्रेल,नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सुदिप गौतम,नागरिक समाजका सदस्य भरतराज देवकोटा,राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक शरद अधिकारी लगायतकाले सुझाव दिनुभएको थियो । २०७४ साल असोज मसान्तसम्म शित भण्डार निर्माण हुने भएको छ । साना तथा मझौला आयोजनाकै सहयोगमा देउखुरीको गढवामा २८ सय मेट्रिक टन क्षमता भएको शित भण्डार निर्माण हुदैछ ।