दीपबहादुर घर्ती
जाजरकोट, १३ बैशाख ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले राम्रो काम गर्नेलाई पुरुष्कार र नराम्रो काम गर्नेलाई सजायको व्यवस्था प्रहरी संगठनवाटै गरेको छ । प्रहरी संगठन प्रति अधिकृत तथा जवानहरुलाई जिम्मेवार र उत्तरदायी वनाउन यस्तो व्यवस्था गरिएको हो ।
नेपाल प्रहरी संगठनलाई वद्रीसहितको नागरिक संगठनका रुपमा समुदायमा स्थापित गर्न र नागरिकहरुको जन, धनको सुरक्षामा कर्तव्यनिष्ट वनाउनका लागी राम्रो काम गर्नेलाई पुरुष्कार र नराम्रो काम गर्नेलाई सजाय गर्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्र्यालयका प्रवक्ता तथा प्रहरी निरिक्षक हिक्मत वोहराले नराम्रो काम गरी चालचलनमा सुधार गर्न नसकेपछि ६ जना प्रहरी जवानहरुलाई सजायको लागि प्रहरी गुल्म सुर्खेतमा पठाईएको प्रहरी निरिक्षक वोहराले वताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी निरिक्षक हिक्मत वोहराले दिएको जानकारी अनुसार गत माघ १ गते देखी हाल सम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका २० वटा मुद्धा मध्ये १५ वटा मुद्धा फच्र्यौट भईसकेका छन् भने, ५ वटा मुद्धा फर्सेयौट हुन वाँकी रहेका छन् ।
उक्त मुद्धाका ३० जना अभियुक्तहरु मध्येवाट २ महिला र १६ पुरुष गरी जम्मा १८ जनालाई प्रहरीले पक्राउ गरिसके छ भने, एक महिला र ११ जना पुरुष गरी जम्मा १२ जना पक्राउ हुन बाँकी रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १६ वटा ठाडो निवेदनमा ९ वटा मिलापत्र भईसकेका छन् भने, ७ वटा मिलापत्र हुन बाँकी रहेका छन् ।
त्यसैगरी गत माघ १ गते देखी हाल सम्म मादक पदार्थ सेवन गर्ने ३ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागी जिल्ला प्रशासन कार्याललयमा सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागु औषध दुर्वेशन, मानव वेचविखन रोकथाम तथा नियन्त्रण, सामाजिक अपराध रोकथाम तथा नियन्त्रण, सामाजिक कुरीतिका विषयमा नागरिक शिक्षाका लागी घरदेलो जस्ता कार्यक्रमहरु २५ वटा ठाउँमा सम्पन्न गरेको प्रहरीले जनाएको छ ।।
