दाङ प्रालिका गाडिमा तोडफोड
इन्द्रेणी संवाददाता
दाङ १२ बैशाख । दाङ यातायात सेवा प्रालीले सञ्चालन गरेका दुइ वटा गाडिहरुमा तोडफोड गरिएको छ । यात्रु लिएर काठमाडौ जाने तयारीमा रहेका ना ४ ख ९७५७ नम्वरको यात्रुबहाक डिलक्स बसमा राप्ती समितिले तुलसीपुर बसपार्कमा ढुंगा मुढा गरेर गाडि तोडफोड गरिएको छ । त्यहि गाडिलाई तुलसीपुरको विरेन्द्र चौकको पुर्व चौकमा प्रहरीकै अगाडी राप्ती समिति समबद्ध युवाहरुले गाडिमा तोडफोड गरेको प्रालीले जनाएको छ ।
यसै विच दाङको लमहीमा प्रालीकै बा ३ ख नम्वरको ९६२१ बसमा तोडफोड गरिएको प्रालीका अध्यक्ष पिताम्वर कडेलले जानकराी दिनुभयो । यसै बिच दाङ प्रालीले विज्ञप्ती निकालेर गाडीहरुमा तोडफोड गर्ने र सिन्डिकेट लाद्न खोज्नेलाई कानुनी कारवाही गरि क्षेतीपुर्तीको माग गरेको छ । प्रालीका अध्यक्ष पिताम्बर कडेल र उपाध्यक्ष तुलाराम भण्डारीले संयुक्त रुपमा विज्ञपती निकालेर यस्तो वताउनु भएको हो ।