इन्द्रेणी संवाददाता 
घोराही,१२ बैशाख । साहित्यकार बिना तामाङ (सुनगाभा)को कविता संग्रह ‘रातो घर’को आइतवार महिनामा चर्चा भएको छ । मदानी साहित्य समुह नेपाल र आव्हानको सयुक्त आयोजनामा भएको कार्यक्रममा चर्चित साहित्यकार सुनगाभाको रातोघरको चर्चासँगै उहाँले कविता समेत बाचन गर्नुभउको थियो । कवियत्री सुनगाभाले आफुले समाजमा देखेभोगेका विषयवस्तुहरुलाई साहित्यमा ल्याउने काम गरेको बताउनुभएको थियो । देशमा गरिवी,अशिक्षाका कारण युवायुवतिहरु बेरोजगार बन्नुपर्दा विदेशीनु पर्ने बाध्यता ,प्रेम,आधुनिकताको नाममा आफ्नो मौलिकता भुल्नु हुदैन भन्ने शन्देश कवितावाट दिन खोजेको बताउनुभएको थियो । त्यस अवसरमा कवियत्री सुनगाभाले आधा दर्जन बढि कविता बाचन गर्नुभएको थियो भने उहाँलाई युवा साहित्यकार नविन अभिलासी र घनश्याम अस्तीत्वले कविता बाचनमा साथ दिनुभएको थियो ।

kumari lama
पुस्तक रातोघर कृतिको समिक्षा युवा साहित्यकार राजेन्द्र गौतमले गर्नुभएको थियो । ‘रातोघर’कृति नेपाली बर्तमान अवस्थाको विम्व भएको समिक्षक गौतमले बताउनुभएको थियो । पुस्तकले आधुनिकतामा बुल्दै गएको आफ्नो मौलिकता,प्राकृतिक,भौतिक शुख सयलमा रमाउने प्रवृतिका कारण भुल्दै गएको आत्मीय सन्तुष्टिलाई उठाउन सफल देखिएाको बताउनुभउको थियो । त्यस्तै पुस्तकमा आफ्नो मौलिकता,प्रेम,सामाजिक अन्धविश्वसा,कृषकहरका पिडाहरु कविताका माध्यमवाट लेखकले बोलदिएको बताउनुभएको थियो । त्यस्तै त्यस अवसरमा आव्हान साहित्य समुहकी कुमारी लामाले पनि बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण मदानी साहित्य समुहका केशरमान विसीले गर्नुभएको थियो ।