दीपक घिमिरे
उनलाई हेर्नकै लागि भए पनि म कलेज जान्थेभन्दा पनि हुन्छ ! कापी पटाएर गोजामा कोची कलेज टाइमभन्दा आधा घण्टा अघि नै म कलेज पुग्थे अनि गेटमा बसेर उनलाई लाइन मार्थे । मैले उनलाई भित्री मुटुमा सजाइसकेको थिए, तर उनलाई यो कुराको पत्तो नै थिएन । त्यसैले पनि उनलाई लाइन मार्न सजिलो भएको थियो । उनी हेर्दा रुपवती थिइन् । उनलाई देख्नासाथ मन खुशीले पागल हुन्थ्यो, तर खुट्टा लगलग काप्थे । मुख सुकेर सुख्खा हुन्थ्यो, तर त्यो सब कुराको कुनै वास्ता नै नगरी उनी मेरै अघिबाट स्कूल भित्रिन्थिन्, म हेरेको हेरै हुन्थे ।
मैले एघारमा पढदा उनी भने दशमा पढ्दै थिइन् । कलेज जान थालेको पहिलो दिन नै मैले उनलाई मन पराएको थिएँ । तर न त नाम थाह थियो न त घर । मात्र यति थाह थियो कि उनलाई कुनै दिन आफ्नो बनाउँछु । पढ्नु पर्छ भन्ने विचार लिएर कलेज भर्ना भएको मेरो मनलाई उनको रुप अनि उनीप्रतिको मेरो मायाले सबै भुलाइदियो । मेरो गाउँभन्दा आधा घण्टाको दूरीमा हाम्रो स्कूल थियो । बाल जनता उच्च माध्यमिक विद्यालय । हुन त केटाहरु दश कक्षादेखि नै लभको चक्कर चलाउँछन, तर त्यो उमेरमा मलाई पढाईभन्दा अरुतिर ध्यान भएन । केटीसँग बोल्नसम्म लजाउने मेरो बानीले गर्दा पनि मलाई त्यतातिर ध्यान पु¥याउन दिएन । तर, मभित्र बैस चढ्दै जाँदा मैले पनि उनलाई मन पराउन थालेछु ।
प्लस २ को पढाई हुने कोठाको ठीक तल्लो तलामा उनको दश कक्षा थियो । मेरो हरेक क्लासको पढाई सकिने बित्तिकै म उनको क्लासको झ्यालबाट उनलाई चियाउन पुगिहाल्थे । केटीको लाइनबाट चौथो बेञ्चमा उनी बस्दथिन, त्यो ठीक झ्यालमै पर्दथ्यो । म एकोहोरो रुपमा उनलाई हेर्दथे, तर उनी मलाई नहेरी कहिले सरले पढाको हेर्थिन् त कहिले साथीहरु सँगै जिस्कन्थिन् । जिस्कँदा उनी यति मीठो तरिकाले हाँस्थिन कि उनको हाँसोमा म आफ्नो पीडा भुल्दथे । छायाँ केसी ! आज उनको नाम पत्ता लगाएँ । नाममै यति माया थियो कि छायाँ नाम गरेका हरेक चीज मलाई मन पर्न लागे । छायाँ लेखेका हरेक चीज आफ्नै लाग्न थाले । एकतर्फी रुपमा उनलाई यति माया गर्ने भए कि शनिबार पनि किन कलेज बिदा हुन्छ होला भनेर रिस उठ्ने हुन थालिसक्यो । माया पिरतीका गीतहरु रेडियो टिभीमा बज्दा मेरै लागि गाइदिए जस्तो लाग्न थाल्यो ।
धेरै माया गर्ने केटाकेटीलाई क्रेजी भएको भन्ने गर्थे केटाहरुले । हो म त्यस्तै क्रेजी थिएँ छायाँको लागि । तर उनलाई मतलव नै थिएन । तर पनि ममा हिम्मत थियो, एक दिन उनलाई आफ्नो प्रेमिका बनाउने छु । आफै भन्ने हिम्मत मभित्र थिएन । यसरी आँखाको भाषा उनले बुझ्नेवाला पनि थिइनन् । समय छोट्टिँदै थियो । उनले दश कक्षाको परीक्षा दिइन भने उनलाई देख्न पनि पाइनेवाला थिएन । चिट्ठी लेखेर दिउँ त प्रतिउत्तरमा चप्पल खाने डर लाग्दथ्यो, किनकि उनको मन मैले बुझेको थिएन । सिधै गएर भनम् त मभित्र त्यति धेरै हिम्मत जम्मा भएको थिएन । कसैलाई भन्न पठाम त मलाई सहयोग गर्दिने हिम्मती कोही थिएन । त्यसैले पनि मनको कुरा मनमै मार्नुको विकल्प नरहेको जस्तो अनुभूति हुँदै थियो । ‘ओए दिपके छायाँ त मन्दिपेको भाञ्जी पर्नी हो चे बड्डा ! मन्दिपेलाई भन्न लगा न !’
घनेले एक्कासी खुशीको कुरा सुनाउना साथ मन फुरुङ्ग भो । अब मन्दिपेलाई पो कसरी मनाउनु ? छायाँलाई आफ्नो बनाउनका लागि मन्दिपेका हर शर्तहरु मान्न तयार थिएँ । तर पनि उसले कुनै न कुनै शर्त राखेर भए पनि मेरो काम गरिदियोस् भन्ने कामना गर्दै उसलाई भेट्न खोजें । कुरा अलि घमण्डी गरे तापनि मन्दिपेले मेरो कुरा कसो नमान्ला र भनेर मनमनै खुशी पनि भएँ । ‘मन्दिप दाइ, तैले छायाँलाई चिन्छस् ?’ ‘किन बे ? चक्कर चलाउन ला छस् कि के हो मेरो भाञ्जीसँग !’ चिन्छस् भन्ने प्रश्नमै मन्दिपेले अनुहार कालो बनाउँदै मसँग रिस देखाउन थाल्यो । मैले उसको अनुहारबाटै थाहा पाइहाले कि उसले मेरो काम गर्दिन्न भन्ने । ‘दाइ, प्लिज यार, तेरो भाञ्जीलाई भस्मे मन पराउँछु के, एक पटक भन्देल न ! बरु हिन छोला समोसा ख्वाउँछु तलाई आज ।’ ‘भाक, तेरो छोला समोसाले दिदी भिनाजुको हातबाट कुटाइ खानु छैन मलाई । तेरो छोला समोसा तंै खा तर मलाई यो काममा नफसा बड्डा !’ त्यसै त कमिना मन भाको मन्दिपेले मेरो काम नगर्दिने नै निर्णय सुनायो ।
मैले राखेको शर्तमा उसले मेरो काम नगरे पनि उसले कुनै शर्त राखेर मेरो काम गर्छ भने म त्यो मान्न तयार थिएँ । ‘प्लिज यार दाइ ! यत्ति काम गर्दे न, बरु तैले जे भञ्चस त्यो म मान्छु । तर यत्ति काम गर्दे, तेरो भाञ्जीलाई कहिल्यै दुःख दिन्न !’ ‘ल तेसो भा छोला समोसा पनि ख्वा अनि रगतले लभ लेटर लेख, म लगेर दिन्छु, तर मैले मुखले भन्दैन है तो !’ उसको कुराले मेरो आशा पलाए तापनि रगतले लभ लेटर लेख्ने कुराले मन झस्कियो । मानौं त डरलाग्दो सम्झौता म गर्न सक्नेवाला नै थिएन, नमानौ त योभन्दा अर्को उपाए मेरो लागि थिएन, छायाँलाई आफ्नो बनाउनका लागि । ‘दाइ, डटपेनले लेख्छु के यार है, काँ रगतले लेटर लेख्ने कुरा गर्चस् यार !’ ‘हेर बड्डा तेरो लागि भन्या हम ! रगतले लेखेसी केटी झ्याप्पै पट्टिन्छन्, बाँकी तेरो मर्जी !’ मन्दिपेको कुरा पनि ठीकै थियो । रगतले लेखेसी छायाँलाई पनि मैले कति माया गर्ने रहेछु भन्ने सजिलै अनुभूति हुन्थ्यो । तर, आफूले गर्नै नसक्ने कुराभन्दा अर्को उपाए निकालेर मन्दिपेलाई फकाउनु उचित थियो ।
‘दाइ भ्यालेन्टाइन डे पनि आउन ला‘छ, बरु आइ लभ यु लेख्या दामी ग्रिटिङ कार्ड किनेर दिन्छु है, तर यो हात काटेर रगत निकालेर लेटर लेख्ने काम चाई गर्दैन यार !’ ‘ल ल हुञ्च, तर कार्ड चै दामी किनेस् है अनि भित्रबाट तैले आफै पनि केही लेखेर राखेर मलाई दिएस् अनि म लगेर दिम्ला !’ अहिले भने मन खुशीले फुरुङ्ग भयो । लमही बजारमा गिफ्ट पसल धेरै त थिएनन् तर पनि भएका जति पसलमा छानेर सबैभन्दा महँगो र दामी ग्रिटिङ कार्ड किने अनि घरमा ल्याएर राम्रा अक्षरले छायाँ+दीपक लेखेर सिरानी मुन्तिर राखेर सुते । छायाँको टेस्ट परीक्षा र भ्यालेन्टाइन डे लगभाग एकै महिनामा परेको थियो, तर भ्यालेन्टाइनको कार्ड दिनको लागि भ्यालेन्टाइन डे नै कुर्नुपने
