काठमाडौँ, ७ भदौ ।
नेकपा माओवादी र कम्युष्ट न्यूक्लिअसलगायत साना कम्युनिष्ट घटकबीच एकताको घोषणा सभा हुने भएको छ । नेकपा माओवादीका प्रबक्ता प्रकाण्डले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।नेकपा माओवादीका महासचिव विप्लव, न्यूक्लिअसका संयोजक सुदर्शनलगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने प्रबक्ता प्रकाण्डले जानकारी दिए ।
‘हाम्रो पार्टीका महासचिव र क्रान्तिकारी ध्रुबिकरणमा आएका क. सुदर्शनलगायतका नेताहरुले कम्युनिष्ट ध्रुबिकरण, पार्टीको कार्य्दिशा एकीकृत जनक्रान्ति र समसामुहिक विषयमा आफ्ना धारणा राख्नुहुनेछ’ प्रबक्ता प्रकाण्डले भने ।
कार्यक्रम काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.