जाजरकोट, ७ भदौ । 
जाजरकोटकी एक साहारा विहिन वालीका लाई काठमाण्डौका एक ब्यक्तिले सहयोग गरेका छन् । आमाको मृत्यु,बाबु वेपत्ता, छोराछोरीको विचल्ली भन्ने शिर्षकमा केही समय अघि विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचार पढेर टालेगाँउ ४ जाजरकोटकी कमला सिंहलाई विशाल ग्रुप काठमाण्डौ प्रबन्ध निर्देशक असोक कुमार अग्रवालले ११ हजार रुपैया सहयोग गरेका छन् ।71_2
साहारा विहिन कमलाको लागी सहयोग प्राप्त रकम आइतवार जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले साहारा विहिन वालीका कमला सिहलाई हस्तान्तरण गरेका छन । निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले समाचार सम्प्रेसन गर्ने पत्रकार लाई र प्राथमिकता का साथ प्रकाशित गर्ने सञ्चार माध्यामलाई तथा रकम सहयोग गर्ने विशाल ग्रुप काठमाण्डौका असोक कुमार अग्रवाललाई धन्यवाद दिए ।

सहयोग रकम हस्तान्तरण गदै निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले आफनो तर्फवाट पनि ५०५ रुपैयाँ हस्तान्तरण गरेका छन । आमाको मृत्यु र वावु वेपत्ता भए पछि कहिले मामा घर तथा कहिले छमेकीको साहारामा वस्दै अहिले होटलमा भाडा माझदै आएकी अलपत्र परेकी कमला लाई पढनमा सहयोग पुगोस भनेर आफुले सहयोग गरेको अग्रवालले बताए ।।