काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको अधिकारले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ । सोमबार नवौं राष्ट्रिय सूचना दिवसका अवसरमा सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सूचनाको हक र लोकतन्त्र एकअर्कामा अन्योन्याश्रित छन् ।

prachandasuchana

सूचनाको अधिकार लोकतन्त्र सुदृढिकरणको लडाईं पनि हो । सही समयमा सही सूचना दिएर मात्र नागरिकको आकांक्षा परिपूर्ति गर्न सकिन्छ । सूचनाको अधिकारले लोकतन्त्र बलियो बनाउँछ ।’प्रधानमन्त्रीले सूचनाले राष्ट्रिय एकता र स्थीरतामा सहयोग पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘नेपाललाई स्थीर बनाउने र राष्ट्रिय एकता कायम गर्ने चुनौति हामीसँग छ ।

जनता र राष्ट्रलाई एकतावद्ध गर्ने चुनौति हाम्रो सामू छ । फरक विचारका बीचमा नयाँ समझदारी र संकल्प खोज्नु हाम्रो दायित्व हो । त्यसका लागि सूचनाले प्रेरक भूमिका खेल्न सक्नुपर्छ ।’ कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, व्यवस्थापिका–संसद विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतका वक्ताहरुले सूचनाको हक र लोकतन्त्रको अन्योन्याश्रित सम्बन्धबारे आफ्ना धारणा राख्नुभएको थियो ।