इन्द्रेणी संवाददाता
दाङ, ६ भदौ ।
दाङको गढुवामा २ युवालाई गोली हानी हत्या गरी फरार रहेका अभियुुक्त पक्राउ परेका छन । आइतबार राति गोली हानी गढवा ५ खवरीमा सोही ठाँउ वस्ने ३२ वर्षका कालु रोका र ३५ वर्षका राजु रोकालाई गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँका ४५ वर्षका कर्ण बहादुर पुनलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल स्टार्ट गरी अगाडि बढ्न खोज्दा मोटरसाइकल पछाडि बसेका कालु रोक्कालाई भरुवा बन्दुकले फायर गरेपछि मोटरसाइकलमा रहेका दुवैजनालाई गोली लागेको थियो । गोली लागी घाईते भएका कालु रोक्काको उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंज लैजादै गर्दा बाटोमा नै मृत्यू भएको हो भने राजु रोक्काको कोहलपुर मेडिकल कलेज नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक १ नाल बरामद गरिएको जानकारी दिएको छ । गोली हान फरार रहेका अभियुक्त कर्ण बहादुरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले र स्थानियको सहयोगमा कोईलाबास स्थित जंगलबाट पक्राउ गरेको हो ।।
