काठमाडौं ६ भदौ । विद्यालय तहको पाठ्यक्रम स्थानीय आवश्यकता र सक्षमताका आधारमा तयार पानुपर्ने सुझाब आएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले सात प्रदेशस्तरीय कार्यशालामा शिक्षाको राष्ट्रिय उद्देश्यअनुसार विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य र तहगत सक्षमता निर्धारण गरी सक्षमताका आधारमा पाठ्यक्रम विकास गर्नुपर्ने सुझाब आएको हो ।
केन्द्रले तयार पारेको प्रतिवेदनको सारांशमा प्रदेशस्तरको कार्यशालाबाट र अभ्यासमा आधारित सिकाइबाट प्राप्त सुझाब तथा स्थानीय आवश्यकता र परिवेशका आधार पाठ्यक्रम संरचना तय गर्नुपर्ने सुझाब आएको छ ।
संघीयता कार्यान्वयन गर्दा विद्यालय शिक्षाको प्रादेशिक पाठ्यक्रम स्थानीय सरोकारवालाहरूको सहभागितामा स्थानीय पाठ्यक्रम समितिबाट तर्जुमा गर्ने र गुणस्तर मापन र स्वीकृति केन्द्रले गर्नुपर्ने सुझाब छ ।
