जाजरकोट, ५ भदौ । 
जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सक्ला गाविस–१ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जग्गासम्बन्धी विवाद भएपछि आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।hatya

गत साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको बयान खत्रीले दिएपछि प्रहरीले विशेष रुपले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन समेत दिएका थिए ।

स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार बयानका क्रममा खत्रीले जग्गासम्बन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेका छन । घटनाको विस्तृत अनुसन्धान गर्नका लागि जिप्रकाबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा पाँचजनाको अनुसन्धान टोली लैखमतर्फ पठाइएको छ।।