काठमाण्डौ, ५ भदौ ।
जापानमा २२ औं विश्व आदिवासी दिवस भव्यताको साथ सम्पन्न भएको छ । नेपाल जनजाती माहासंघको आयोजनामा टोयोटासिटीको समुदायिक भवन सेतो हलमा बुधबार दिवस मनाइएको थियो ।जापान माहासंघको सहअध्यक्ष कान्छा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न एकल जातिय संघ संस्थाको प्रतिनिधीहरुले आ–आफ्नो भनाइहरु राखेका थिए । पहिचानसहितको संघियता, संघियता सहितको संविधान नै अधिकांश बक्ताहरुको बहसको विषय थियो।
स्वागत मन्तव्य जापान माहसंघका उपाध्यक्ष उज्वल थेवेले राखेका थिए भने कार्यक्रमको संचालन जापान महासंघका सचिव जाङ्मो शेर्पा र प्रवक्ता पाशाङ शेर्पाले गरेका थिए । कार्यक्रममा शेर्पा समाजले आफ्नै संस्कार र परम्परा झल्कने नाँच र स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुति दिएर मनोरञ्जन दिएका थिए ।।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.