रोल्पा ५ भदौ । sutkeriअत्यधिक रक्तश्रावका कारण रोल्पामा शनिबार एकजना सुत्केरीको मृत्यु भएको छ ।

तालाबाङ–८ बुढागाउ“ निवासी १७ वर्षीया सुकु घर्तीमगरको स्वास्थ्य चौकी तालाबाङमा उपचारको क्रममा रक्तश्रावका कारण निधन भएको प्रहरीले जानकरी दिएको छ ।

    मगरलाई घरमा सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजा“दै गर्दा बाटोमा बच्चा जन्मेको थियो । तर रक्तश्राव नरोकिएपछि उपचारका लागि स्वास्थ्य चौकीमा पु¥याइएको थियो ।

रक्तश्राव नरोकिएपछि मगरको उपचारका क्रममा मृत्यु भएको तालाबाङ स्वास्थ्य चौकीका इन्चार्ज पदम घर्तीले जानकारी दिए ।

गर्भवती भएपछि स्वास्थ्य चौकीमा ४ पटक नियमित जा“च गर्नुपर्ने भए तापनि मगरले एक पटक मात्रै जा“च गरेको स्वास्थ्य संस्थाहरुले जानकारी दिएका छन् ।     जिल्लामा अझैपनि अर्भावस्थामा स्वास्थ्य चौकीमा नियमित चेकजा“च गराउनुपर्छ भन्ने चेतनाको अभाव छ ।

जिल्ला अस्पताल रोल्पाका अहेव कुलबहादुर डा“गीले नियमित स्वास्थ्य चेकजा“च नगराउनु र घरमै सुत्केरी गराउन प्रयास गर्नुले यस्ता घटनाहरु दोहरिदै आएको जानकारी दिए ।