इन्द्रेणी संवाददाता
भदौ ५, बैतडी बैतडी चितुवाको आक्रमणबाट बैतडीमा एक वलिकाको ज्यान गएको छ । बैतडीको उदयदेव–९ मकैल ब्याल्धमका हिरा चन्दकी ६ वर्षकी छोरी चन्चला चन्दको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यलय बैतडीका अनुसार शनिबार बेलुका आगनमा खेलिरहेका बेला एक्कासी आएको नरभक्षी चितुवाले आक्रमण गरेर उनको ज्यान गएको हो । आक्रमणपछि बालिकालाई चितुवाले लगेको र खोजतलास गर्दा राति १० बजे घरबाट झण्डै ४ सय मिटर टाढा भिटा भन्ने ठाउँमा मृत भेट्टिएकी प्रहरीले जनाएको छ ।
बालिका स्थानीय गंगेश्वर प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन । सदरमुकामवाट डेढ दिनको पैदल दूरीमा पर्ने त्यस ठँउमा प्रहरीको एक टोली गएको र प्रहरीको टोली घटनास्थल पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको तल्लोस्वराडमा गएको तीन वर्ष यता चितुवाको आक्रमणवाट अहिलेसम्म २२ जनाको ज्यान गइसकेको छ ।
