सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ । पूर्ववर्ती ओलि सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिँदै औपचारिक सम्झौता गरेकोमा दाहाल सरकारले टेलिकमको प्रस्तावमा स्वीकृति जनाएको हो ।

new-dharahara-4

पुराक्तत्व विभागले यसको विस्तृत अध्ययन गरेर निर्माण खाका तयार गरेपछि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिने पुराक्तत्व विभाग स्रोतले जनाएको छ ।  सरकारले गत वर्षको महाभुकम्पबाट ध्वस्त धरहरको भग्नावशेष नजिकै नयाँ धरहरा टावर निर्माण गर्ने निर्णय गरिसकेको छ । उक्त भूकम्पमा परी धरहरामा मात्रै ५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

‘नेपाल टेलिकमले धरहरा टावर निर्माण गर्ने र आफ्नो प्रचार प्रसारका लागि समेत प्रयोग गर्ने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव प्रेमकुमार राईले धरहरा निर्माणका लागि टेलिकमले इच्छा देखाएकाले छिटै सम्झौता हुने बताउनुभयो । नेपाल टेलिकमले यस अघि नै धरहरा पुर्न्निर्माणका लागि ३ अर्ब खर्च गर्ने बताइसकेको छ ।।