दाङ, भदौ ३ ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङले आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी सरुवा भइ जान लाग्नु भएका जिल्ला वन अधिकृत नवराज काफ्लेलाई बिदाई गरेको छ । वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन अधिकृत काफ्लेलाई पुष्पगुच्छा, टिका तथा खादा ओढाएर बिदाई गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो । जिल्ला वन अधिकृत काफ्लेले करिव दुइ बर्ष दाङमा बस्दा वन तथा वातावरणको सम्वन्धि जिल्ला महासंघले थालेको अभियानमा सहयोग पू¥याएको भन्दै वन महासंघले बिदाइ गरिएको वन महासंघले जनाएको छ ।
बिदाई कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत काफ्लेले आफूले दाङमा रहदा सामुदायिक वन समूहको अगुवाईमा अतिक्रमण ब्यवस्थापन, सुशासन कायम, बैज्ञानिक वन ब्यवस्थापनको काम लगायतका उपभोक्ताका पक्षमा भएका अभियानलाई सहयोग गरेको बताउनुभयो । जिल्ला वन अधिकृत काफ्लेको जिल्ला वन कार्यालय डडेलधुरामा काज सरुवा भएको छ भने दाङको जिल्ला वन अधिकृतका रुपमा जिल्ला वन कार्यालय भक्तपुरबाट सूर्यकान्त सिग्देल आउदै हुनुहुन्छ ।











