दाङ, भदौ ३ ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङले तुल्सीपुर इलाका महासंघका अध्यक्ष ऋषिराज न्यौपानेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले आज बिज्ञप्ति जारी गरी तुल्सीपुर इलाका महासंघका अध्यक्ष न्यौपानेको स्वास्थ्यलाभको कामना गर्नु भएको हो ।feature

करिव डेढ महिनादेखि बिरामी न्यौपानेको काठमाण्डौमा उपचार भइरहेको छ । यता सामुदायिक वन उपभोक्ता महासंघ अम्विकेश्वरी इलाकाले आफ्नो इलाकाभित्र रहेका सामुदायिक वन समूहहरुलाई लेखापरिक्षण गरी साधारणसभा भदौ महिनाभर सम्पन्न गर्न आग्रह गरेको छ ।
अम्विकेश्वरी इलाका महासंघको आज घोराहीमा सम्पन्न बैठकले भदौ महिनाभित्र वन समूहहरुको साधारणसभा सम्पन्न गरी सम्वन्धित निकायमा प्रतिवेदन पठाउन आग्रह गरेको हो ।अम्वकेश्वरी इलाका महासंघका अध्यक्ष कर्णबहादुर बुढाथोकीको अध्यक्षता एंव वन महासंघका जिल्ला अध्यक्ष शोभाकर सापकोटको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।।