तुलसीपुर ३ भदौ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्णा प्रसाईको सरुवा हुँदैछ । उहाँको केही दिनमै अञ्चल प्रहरी कार्यालय बागमतिमा सरुवा हुने भएको छ ।
गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय काठमाण्डौले भदौ महिनाको तलव शरुवा भएको दरबन्दीबाट पाउने गरी डिएसपी प्रसाइलाई बागमतिमा सरुवा गरेको वताएको छ ।
उहाँको ईप्रका तुलसीपुरबाट अबको केही दिनमा सरुवा हुने बताईएको छ । साथै डिएसपी प्रसाइ सहित देशभरका ७२ डिएसपीलाई प्रहरी प्रधान कार्यालयले एक ठाउबाट अर्को ठाउमा सरुवा गरेको छ ।।
