इन्द्रेणी संवाददाता
प्युठान, २ भदौ
प्युठानमा झिमरुक खोलाको बाढीले नदी किनारमा पर्ने सयौँ खेतीयोग्य जमिन कटान गरेको छ । खेतमा लगाएको धानसहित जिल्लाका विभिन्न क्षेत्रमा गरी २ सय ४६ हेक्टर खेतीयोग्य जमिन खोलाले कटान गरेको जिल्ला कृषि विकास कार्यालय प्यूठानले बताएको छ । खोलाले उत्तरपूर्वी प्यूठानको ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरेको छ ।inअन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु खोलाले कटान गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवार मार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानियले बताएका छन् । जिल्लाभर सात सय १९ जना किसानहरुको धानसहितको खेत झिमरुक खोलाले कटान गरेको गरेको जिल्ला कृषि विकास कार्यालय प्यूठानका बरिष्ठ कृषि विकास अधिकृृत मधुसुदन घिमिरेले जानकारी दिनुभयो ।।