काठमाण्डौ, ११ बैशाख
लोकतान्त्रिक आन्दोलन सफल भएको दिन आज लोकतन्त्रको सम्झना गरिदैछ । लोकतन्त्र स्थापना भएको आज एक दशक पुरा भएको छ । दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज दाङसहित दशैभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ ।

lok

सरकारले औपचारीक कार्यक्रम भने गरेको छैन । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको आज १० वर्ष पूरा भएको छ । विसं २०६२ र ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सम्पन्न भएका कारण आजको दिनलाई लोकतन्त्र दिवसका रुपमा लिइएको छ ।

सरकारले जेठ १५ गतेलाई गणतन्त्र दिवस मनाउने गरेकाले आज औपचारीक कार्यक्रम नगरेको बताएको छ । नेपालमा दश वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ ।

निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन २०६२÷६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो । जन आन्दोलनको समयमा २५ जनाले मृत्यु भएको थियो भने करिब २१ हजार घाइते भएका थिए । संविधान निर्माणसँगै राजनीतिक रुपमा लोकतन्त्र सस्थागत भए पनि शान्ति प्रक्रिया र जनजीविका रुपमा अझै धेरै काम अधुरौ छन ।।