ओमप्रकाश गुप्ता
सिसहनियाँ १ भदौ । देउखुरीको सिसहनियाँमा पुन आर्को दुग्ध डेरी सञ्चालनमा आएको छ । सिसहनियाँ ५ कालापानी निवासी मनिराम चौधरीले मनिराम दुग्ध डेरी सञ्चालनमा ल्याउनु भएको हो । किसानहरुको समस्या र माग बमोजिम आफुले डेरी सञ्चालनमा ल्याएको सञ्चालक चौधरीले बताउनु भयो । यसैबिच डेरीको वुधवार एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ ।
पशु सेवा केन्द्र लालमटियाका पशु सेवा प्राविधिक राजविक्रम चौधरी र सञ्चारकर्मी ओमप्रकाश गुप्ताले संयुक्त रुपमा रिवन काटेर डेरीको उद्घाटन गर्नु भएको हो ।
डेरीमा दुध, दहि, घ्यु, पनिर र दुधबाट बन्ने सम्पुर्ण आइटमहरु पाइने सञ्चालक चौधरीले बताउनु भयो । साथै डेरीले सिसहनियाँ गाविस सहित छमेकी गाविसबाट समेत दुध संकलन गर्ने र सम्बन्धित ठाउँमा पु¥याउने लक्ष्य रहेको बताइएको छ ।
हाल सिसहनियाँ गाविसमा मात्रै अव यो सँगै ४ ओटा डेरी सञ्चालनमा आएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।।











