studentकाठमाडौ १ भदौ । राजनीतिक उपस्थितिु देखाउन नेकपा माओवादी विप्लव निकट क्रान्तिकारी विद्यार्थी संगठनको आह्वानमा भएको शैक्षिक हडतालका कारण सोमबार देशभरका ८० लाखभन्दा बढी विद्यार्थी पठनपाठनबाट वन्चित बनेका छन् ।

विभिन्न राजनीतिक र शैक्षिक माग राख्दै आह्वान गरेको दुईदिने शैक्षिक हडतालका कारण ३४ हजार विद्यालयका करिब ७५ लाख र उच्च शिक्षा तहका ५ लाखसमेत गरी यो संख्याका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो।

तत्कालीन एकीकृत माओवादीबाट फुटेको मोहन वैद्य समूहबाट चोइटिएर गठित विप्लव समूहका नाममा भएको यो तेस्रो शैक्षिक आम हडताल हो

। संगठनले सोमबार र मंगलबार दुईदिने शैक्षिक हडताल प्रभावकारी बनाउने नाममा विभिन्न शैक्षिक संस्थामा आगजनी र तोडफोडसमेत गरेको छ। सोमबारको शैक्षिक हडतालका कारण सरकारी र निजी विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षालय बन्द रहे ।