प्रेमप्रतीक महतारा
मलेसिया, ३२ साउन । पश्चिम जाजरकोटका एक युवाले मलेसियाको पेनाङमा यसै वर्षदेखी होटल व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारको शिलसिलामा विगत ८ वर्ष पहिले मलेसिया पुगेका युवाले यस वर्ष देखी आफ्नै  होटल सञ्चालन गरी व्यवसायमा लागेका हुन ।
जिल्लाको पश्चिममा रहेको सिमा गाविस वडानं. २ नेपाका चन्द्रप्रकाश अधिकारीले मलेसियाको पेनाङमा यसै वर्ष देखि गोरखा प्यालेस थकाली भान्सा घर सञ्चालनमा ल्याएका छन् ।aaaनेपाली २२ लाखको लगानीवाट सुरु गरिएको गोरखा प्यालेस थकाली भान्सा घरमा नेपाली, चाईनिज, इण्डियन र मलेसियन खानाका प्रकारहरु पाईने होटलका प्रवन्ध, निर्देशन चन्द्र प्रकाश अधिकारीले वताए ।नेपालको घरमा रहदा एकवर्ष एनजीओमा काम गरेका अधिकारीले ६ वर्ष सम्म म्यानपावर कम्पनीमा काम गरेका थिए । ६ वर्ष लामो मेन पावर कम्पनीको अनुभव हासिल गरेका अधिकारी वैदेशिकक रोजगारीको शिलशिलामा सन् २००८ मा मलेसिया गएका थिए । बीएसी अध्ययन भ्याई सकेकी श्रीमति रेजिना रिजाललाई पनि मलेसियामै लगेर होटल व्यवसायमा लगाएका छन् भने, छोरा रिचल अधिकारीलाई मलेसियाकै निजी विद्यालयमा पढाई रहेका छन् ।

मलेसियामा होटल व्यवसायमा लागेका अधिकारीले केही वर्षपछि नेपाल फर्कने वताएका छन् । नेपाल फर्के पछि आधुनिक कृषि प्रणालीमा आधारीत कृषि पेशामा लाग्ने उनले जानकारी दिए ।