दाङ, २९ साउन
विष्णु आर्ट सेन्टरको आयोजनामा घोराहीमा ५ दिने भाषण कला तालिम सम्पन्न भएको छ । तालिम समापनका सहभागीहरुले व्यक्तिले वोलिने शव्दहरुलाई सुत्राधार किसिमवाट गर्ने कला जान्न आवश्यक रहेको वताएका छन ।
युवा वर्गलाई लक्षित गरी सन्चालन गरिएको उक्त तालिममा विद्यार्थी, कृषक, व्यापारी, शिक्षक र महिला गरी १९ जनाले सहभागिता जनाएका थिए ।
५ दिनसम्म सहभागीहरुलाई भाषण गर्ने कला, आफुभित्रको विश्वास, वोल्दा ध्यान पु¥याउनुपर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिम समापनका अवसरमा विद्यार्थी मनोज भण्डारी, सरीता चौधरी, शिक्षक कृष्ण कुमार शर्मा, कृषक हरी रावत लगाएतले वोल्नुभएके आर्टले जानकारी दिनुभयो ।।











