कुसुम बि.क / बर्दिया
बर्दियाको शिवपुर गाविस वडा ४ तुल्सीपुरमा जङगली जनावरले आतङ्गक मच्चाउन थालेका छन् । किसानले लगाएका बालीमा जनावरले क्षति पुराउनाले किसान हैरान भएका छन् । बर्दियाको शिवपुरमा बर्षेनी लगाइने हिउदे तथा बर्षाको खेति पसाउन सुरु नहुदै जङगली जनाबरले क्षति गर्ने गरेको स्थानिय बासिन्दाले बताएका छन् । किसानले लगाएको बाली मा बर्दिया राष्ट्रिय निञ्कुज बाट हात्ती, बाघ र बदेलले क्षति पुराउने गरेको स्थानिय बासीले बताएका छन् ।त्यस क्षेत्रमा विगतका दिनमा पनि जङ्गली हात्तीको आक्रमण बाट दजनौ मानिसको ज्यान गएको छ ।

badar-le-makai-e1467616209566किसानले लगाएको धान,गहु,मकै जस्ता बालीमा जनावरले क्षति गर्न आउदा धपाउने कक्रममा हात्तीले आक्रमण गर्दा ज्यान गएको बताइएको छ ।

निकुञ्ज वरिपरि करेन्टको तार लगाइए पनि त्यो त्यति प्रभावकारी नभएको शिवपुर गाविस ४ तुल्सीपुरका किसान लोक बहादुर सुनारले बताउनु भएको छ ।

किसानले लगाएको बालीमा जङगली जनावरले बाली नष्ट,क्षति मात्र होइन घरमा पालिएका बाख्रालाइ समेत आक्रमण गरी कि घाइते बनाउने कि लगेर जङ्गलमा खाने गर्छन् भनेर भन्नु हुन्छ ।अर्का स्थानियबासी भक्तराज परियारले बताउनुभएको छ । त्यस्तै गएराति मात्र उक्त गाउमा उदय बहादुर सुनारले करिब एक कट्ठ्ठामा लगाएको र खाने तयार भइसकेको मकै बाली पुरै नष्ट पारेको बताउनु भएको छ ।

किसानले लगाएका खेतिपातीमा जङ्गलका हात्ती,बाघ,मयूर बदेल,बादर र चित्तलले बर्दिया राष्ट्रिय निञ्कुज आसपासका शिवपुर गाविस,बबइ नगरपालिकाको डुम्रनी गाउ ,सुर्यपटुवा गाविसको जङ्गल नजिकका गाउ र पदनाहा गाविसको वडा ८ को सर्जीपुर गाउमा समेत जङ्गली जनावरले सताउने गरेको स्थानिय बासीले बताएका छ ।।