उदय बीसी/दाङ
सधैजसो एक/दुई जना ट्राफिक प्रहरी डिउटीमा रहने घोराहीको व्यस्त तुलसीपुर चोकमा बुधवार विहान छ/सात जना ट्राफिक प्रहरी खटिए । चोकको चारैतिर सिटी बजाउदै ट्राफिक प्रहरीले गाडी र सर्वसाधारणलाई साइट लगाउदा कसैले भन्दै थिए आज यहाँ ट्राफिकले खुबै कडा गरेको रैछ । सधै व्यस्त रहने उक्त चोक विहान १० बजे भएकाले झनै व्यस्त थियो । तर, त्यो ट्राफिक प्रहरीको कडाइ थिएन वरु सर्वसाधारणहरुकै लागि काम लाग्ने सचेनतामूलक जेब्राक्रसको प्रयोग थियो ।

13939936_10206742787600154_213107379_o

केही दिनअघि मात्रै बनाएको जेब्राक्रसबाट बाटो काट्न ट्राफिक प्रहरीले पैदलयात्रीलाई सिकायो । सधै जथाभाविरुपमा बाटो काट्न वानी परेका पैदलयात्रीहरु ट्राफिक प्रहरीले सिटिमार्दै यहाँबाट जानुहोस् है भन्दै गर्दा कसैले मुसक्क हाँस्दै जेब्राक्रस बनाएकै ठाउँबाट बाटो काट्थे भने कोही नसुनेझै गरी जवरजस्त मानोमानि बाटो काट्थे । विशेष गरी जिल्लाका विद्यालयमा ट्राफिक सम्बन्धी विभिन्न प्रशिक्षण भएकाले स्कुले विद्यार्थीहरुले ट्राफिक प्रहरीले नभनेरै पनि तोकेको स्थानबाट बाटो काट्ने गरेको देखिन्थ्यो ।

13941126_10206742782200019_667803167_n

दाङका विभिन्न बजार क्षेत्रमा विभिन्न समयमा जेब्राक्र बनाइएपनि सबैसाधारणहरु सडकमा हिड्दा कहाँबाट बाटो काट्ने र जेब्राक्रसको महत्वबारे अझै हेक्का नराख्ने गरेको बुधवार जेब्राक्रस प्रयोग गर्न सिकाउन तुलसीपुर चोकमा खटिनुभएकी महिला ट्राफिक रमा भारतीले बताउनुभयो । ‘अझै मान्छेहरु जेब्राक्रसबाटै बाटो काट्नुपर्छ भन्ने सचेत छैेनन्’–उहाँले भन्नुभयो–‘बानी लगाउदा विस्तारै बानी वस्छ, सचेत पनि हुन्छन् ।’

जिल्ला ट्राफिक कार्यालयले जनसक्तिको भावमा पनि विभिन्न ठाउँमा सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न सचेनता बोर्ड साख्नुका सार्थ विभिन्न समयमा सचेनतामुलक कार्यक्रम पनि गर्दै आएको ट्राफिक प्रमुख अरुणकुमार सिंहले बताउनुभयो । ‘हाम्रो तर्फबाट गर्नुपर्ने धेरै काम भएका छन् तर हामीले मात्रै काम गरेर दुर्घटना न्यूनिकरण सम्भव छैन, यसमा सवारी चालकदेखि सर्वसाधारण, अन्य निकायको पनि साथ चाहिन्छ ।’